काठमाडौंः युरोपा लिग फुटबलमा स्पेनिस क्लब सेभिल्लाले कठिन जित निकालेको छ ।

समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा सेभिल्लाले एपोल निकोसियामाथि १–० को कठिन जित निकालेको हो ।

सेभिल्लाका लागि जाभियर हर्नान्डेजले निर्णायक गोल गरे ।

खेलको १७औं मिनेटमा सेभिल्लाका हर्नान्डेजले निर्णायक गोल गरेका थिए ।

जितसँगै समूह ए को सेभिल्ला २ खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । निकोसिया २ खेलमा अंक विहीन रहँदै पुछारमा रहेको छ ।

राति नै भएको अर्को खेलमा यही समूहको अजरवैजानको एफसी क्वारावागले एफ ९१ डुडेलेन्जलाई ४–१ ले हराएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०९:३३