काठमाडौं: हिजो अस्ति-अस्तिको तुलनामा सोमबार सेयर बजार एकाएक उकालो लागेको छ।
सरकार आज (मंगलबार) ल्याउन लागेको आगामी वर्षको बजेटमा सेयर बजार सुधारका कार्यक्रम ल्याउने हल्ला चलेपछि बजार उकालो लागेको हो ।
आज ( मंगलबार ) आउन लागेको ०७५/७६ को बजेटमा सेयर किनबेचमा मूल्य अभिवृद्धि कर लागू गर्ने, बजेटमा सुधारका कार्यक्रम नल्याउने हल्लाका आधारमा लगानीकर्ताले एकाएक सेयर बेच्न थालेपछि बजार सोमबासम्म निरन्तर ओरालो लागेको थियो । सरकारले ल्याउन लागेको आगामी वर्षको बजेटमा सेयर बजार सुधारका कार्यक्रम समावेश गरिएको र भ्याट नलगाउने हल्ला चलेपछि सेयर सूचक ३६ बिन्दुले वृध्दि हुन पुगेको हो ।
।
अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई सकारात्मक हुने गरी बजेट ल्याउँदैछन् भन्ने हल्ला चलेपछि सेयर बजारमा सुधार देखिएको हो ।
केहि दिनदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से सूचक सोमबार ३५.९८ अंकले बढेर १३३६.३९ मा पुगेको छ । सोमबार ११ बजे देखि १२ बजे सम्म नेप्से ओरालो लागे पनि १२ बजे पछि सेयर बजार उकालो लागेको हो ।
सरकारको स्पष्ट नीति नआएकाले पनि सेयर बजार उकालो लाग्न नसकेको विश्लेषकहरुले बताएका छन् । बजेटपछि लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने अनुमान छ । त्यसैको आधारमा सोमबार लगानीकर्ताको मनोबल सेयर बजारप्रति सकारात्मक बनेको हो।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook