दार्चुलाः स्थानीय तहबाट जनतालाई प्रदान गरिने सबै किसिमका सेवालाई प्रभावकारी बनाउन जिल्ला समन्वय समिति, दार्चुलाले जनप्रतिनिधिलाई तालीम दिइरहेको छ ।

स्थानीय शासन सञ्चालनसम्बन्धी ऐन, नियम र कानूनका बारेमा उनीहरुलाई जानकारी दिई दक्ष बनाउन तालीम दिइरहेको समन्वय समिति प्रमुख करवीरसिंह कार्कीले जानकारी दिए ।

समन्वय समितिले यसअघि जिल्लाको शैल्यशिखर नगरपालिकाभरि रहेका वडासदस्य, अध्यक्ष, वडा सचिव, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख र नगर उपप्रमुखलाई उक्त तालीम दिइसकेको जनाएको छ ।

महाकाली नगरपालिकाका नौवटै वडाका वडाध्यक्ष, सदस्य, वडा सचिव नगर प्रमुख, नगर उपप्रमुख कार्यपालिकाका सदस्य, प्रमुख प्रशासकीय अधिकृतलगायत ६२ जनाको सहभागिता रहेको समन्वय प्रमुख कार्कीले जानकारी दिए ।


स्थानीय शासन सञ्चालनसम्बन्धी तालीमका माध्यमबाट जानकारी गराइरहेको जनाइएको छ । तालीम तीन दिनसम्म सञ्चालन हुनेछ ।

तीनदिने तालीमको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

कार्यक्रममा समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, कोष नियन्त्रक, समन्वय अधिकारीले प्रशिक्षण दिएको छ । रासस