काठमाडौंः नेपाली सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी संंघ (भारत) की अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ ।

जंगी अड्डा भद्रकालीस्थित नेपाली सैनिक श्रीमती संघको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई संघद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

सो अवसरमा अध्यक्ष श्रीमती नरवणेले संघका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गरेको नेपाली सेनाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १८:३७