काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सय ८३ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट सोमबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ७७ जना, लेन उल्लंघन गर्ने १ सय ५७ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ६८ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४३ जना, टिपर कारबाहीमा ६१ जना, सिसिटिभीमार्फत कारबाही १ सय २ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ८१ जना, अनावश्यक हर्न बजाउने ४६ जना, ब्हील लकबाट १ सय ४७ जना र अन्य २ हजार ३ सय १ जना गरी जम्मा ३ हजार १ सय ८३ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा सोमबार ३० वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १५ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार सोमबार १७ हजार ६ सय २२ सवारी साधनबाट ९२ हजार १ सय ९ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १६ हजार २ सय २५ सवारी साधनबाट ८८ हजार २ सय १ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः मंगलबार, चैत ४, ०८:१३