काठमाडौंः पछिल्लो २४ घण्टामा विभिन्न नाका प्रयोग गरी ५ हजार २९ वटा सवारी साधनमा २१ हजार ९५ जना यात्रु उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यसैगरी, महाशाखाका अनुसार ५ हजार १०५ वटा सवारी साधनमा २१ हजार २९९ जना यात्रु उपत्यका भित्रिएका छन् ।

जोरबिजोरको उल्लङ्घन गर्ने १ हजार ४१ ओटा सवारी साधनलाई सोमबार उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएको २४ घण्टामा २८ ओटा सवारी दुर्घटना हुँदा १९ जना घाइते भएको महाशाखाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, ०९:५१