सोलुखुम्बु : सोलुखुम्बुको नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काे१ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए । उनका अनुसार शिवकुमारी यादवको बाहेक अन्य मृतकको पहिचान खुलीसकेको छैन ।

प्रहरी घटनास्थलमा नपुगिसकेकाले स्थानीयबासीले उद्धार जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारीले बताए ।

घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ ।


। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।