काठमाडौंः सन् २०१९/२० स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल सोसिडाडले जितेको छ ।
शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १–० ले पराजित गर्दै सोसिडाडले उपाधि जितेको हो ।
सोसिडाडका लागि मिकेल ओयार्जाबलले निर्णायक गोल गरे ।
उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलमा निर्णायक बन्यो ।
यससँगै सोसिडाडले ३४ वर्षपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्न सफल भएको छ ।
सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि समेत हो ।
बिल्बाओले भने यहिँ अप्रिलमा कोपा डेल रेको अर्को फाइनल खेल्नेछ ।
सन् २०२०/२१ को फाइनलमा बिल्बाओले बार्सिलोनासँग अप्रिल १७ मा खेल्नेछ ।
।
प्रकाशित मितिः २०७७ साल चैत २२ गते आइतबार, ०९:०८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook