भक्तपुर:  जिल्ला प्रशासन कार्यालय भक्तपुरले कुनै पनि धार्मिक तथा साँस्कृतिक स्थलहरुमा नित्य पूजाबाहेक भीडभाडजन्य गतिविधि सञ्चालन गर्न/गराउन निषेध गरेको छ । तर भक्तपुरको हनुमानघाटमा आज सोह्र श्राद्धको अन्तिम दिन श्राद्ध गर्र्नेको घुइँचो लागेको छ ।

मृतकका नाममा पिण्डदान गरे दिवंगत आत्मा सन्तुष्ट हुनुका साथै मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वासले आज हनुमानघाटमा घुइँचो लागेको हो ।

हनुमानघाट पुगेर पिण्ड दान गरेमा आफ्नो पुस्ताको दिवंगतले मात्र नभएर दूरदराजका आफन्त र छरछिमेकका दिवंगत आत्मालाई समेत मोक्ष प्राप्ति हुने विश्वास रहेको छ ।

हनुमानले स्नान गरेको उक्त स्थान धार्मिक हिसाबले महत्वपूर्ण रहेकाले हनुमानघाटमा श्राद्ध गर्नेको उल्लेख्य सहभागीता रहने गरेको छ ।


आश्विन कृष्ण पक्ष प्रतिपदादेखि १६ दिनसम्म गरिने श्राद्धको आज अन्तिम दिन विविध कारणले तिथी अनुसार श्राद्ध गर्न नसक्नेले गर्ने गर्दछन् ।


प्रकाशित मितिः बिहीबार, असोज १, २०७७, १२:५३