बाराः पूर्वपश्चिम राजमार्गको बाराको निजगढमा शनिबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक बालिकासहित ८ जना घाइते भएका छन्।

दुर्घटनामा धनुषाको रघुनाथपुरका ८० वर्षिय नारायण श्रेष्ठको मृत्यु भएको हो।

धनुषाबाट यात्रु बोकेर जाँदै गरेको ना ४ च ७७६७ नम्बरको स्कारपिओ ब्रेकफेल भई लहरीमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

घाईतेको निजगढ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ। प्रहरीले स्कारपिओ र लहरीको चालकलाई नियन्त्रणमा लिएको छ।