काठमाडौंः स्टेफानोस सिट्सीपासलाई पराजित गर्दै राफायल नाडाल एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लण्डनमा बिहीबार राति भएको खेलमा ग्रिसका सिट्सीपासलाई पराजित गर्दै नाडालले सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

३४ वर्षीय नाडालले स्टेफानोसविरुद्ध ६–४, ४–६ र ६–२ को सेटमा जित निकाले ।

२० पटकको ग्राण्डस्लाम विजेता नाडालले सेमिफाइनलमा रुसका डानिल मेदभेदेबसँग खेल्नेछन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १२:४३