काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुटेको र विवाद समाधानका लागि केहि समय लाग्ने भएकाले बैठक स्थगित गरिएको नेकपा नेताहरु बताउँछन् ।

स्थायी समितिको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको नेकपाले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, असार २०, २०७७, १२:१६