काठमाडौंः आजलाई बोलाइएको नेकपा सचिवालयको बैठक आकस्मिक रुपमा स्थगित भएको छ ।

आज बेलुका ४ बजेका लागि बोलाइएको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको हो ।

स्रोतका अनुसार सबै सचिवालय सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी एसएमसबाट गरिएको थियो ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्ने एजेन्डा थियो ।

आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको थियो ।


प्रकाशित मितिः आइतबार, जेठ ३२, २०७७, २०:३०