काठमाडौंः स्थानीय तहमा समायोजन हुन झनडै आठ हजार कर्मचारीले निवेदन दिएका छन्। स्थानीय तहमा समायोजन हुन चाहने निजामती कर्मचारीबाट सरकारले निवेदन मागेपछि ८ हजार कर्मचारीले त्यसमा इच्छा देखाउँदै निवेदन दिएका हुन्। हाल निजामती सेवामा ८६ हजार कर्मचारी छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहमा समायोजन हुन हालसम्म ८ हजार कर्मचारीको निवेदन आएको बताए। उनले भने, ‘तीमध्ये अधिकांश स्थानीय तहमै काम गरिरहेका कर्मचारी छन्। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।