स्थानीय सरकार जनताको पहिलो महत्वपूर्ण भेटीने सरकार हो । नेपाली काँग्रेसको स्थानीय तहलाई वलियो बनाउने सैद्धान्तिक अडानको कारणनै मजबुत स्थानीय सरकार निर्माण सम्भव भयो । संविधानलेनै स्थानीय सरकारको काम कर्तव्य अधिकार स्पष्ट बनाएको छ । यो नेपालको एउटा विशेषता हो । जुन सुकै भाषा जाति क्षेत्रका भएता पनि नागरिकहरुको सशक्तीकरण नै यसको मर्म हो ।

आम नागरिकहरुको दैनिक जीवनका लागि सहजता दिन उनिहरुको कठिनतालाई सम्बोधन गर्ने र राज्यमा पहुँच भएको अनुभुति गर्ने माध्यम स्थानीय सरकार हुन सकोस भन्ने पवित्र उद्देश्यलेनै शक्ति सम्पन्न स्थानीय सरकार बनेको हो । यसका साथ साथै स्थानिय सरकारका प्रतिनिधिहरु राजनैतिक पूर्वाग्रह भन्दा माथि उठी इमान्दार र कर्तव्य निष्ठ भइ कार्य गर्ने छन् भनी आदेश संविधानको भावना हो ।


तसर्थ यी विषयहरुलाई मनन गरी काँग्रेसले जितेका ठाउँमा सो अनुसारको कार्यक्रम तयार गरी व्यवहारिक रुपमा सुशासन र असल सरकारको अनुभुति दिलाउन आवश्यक छ । साथै काँग्रेसले जित्न नसकेको ठाउँहरुमा पनि काँग्रेसले त्यहाँका नागरिकहरुको समस्याका बारे सम्बोधन गर्न जरुरी छ । यस अर्थमा हाम्रा स्थानीय तहमा निर्वाचनका बेला उम्मेदवारी दिएका र समग्रमा स्थानिय एकाइ सवैलाई परिचालन गर्नु जरुरी छ । निम्न बुँदाले जनताको स्थानीय सरकार भन्ने भावना पैदा गर्नेछ ।

१. काँग्रेसले जितेका स्थानीय एकाइहरुले जनतालाई परेको करको दर घटाउन निर्देशित गर्ने र जित्न नसकेका एकाइहरुमा सो अनुरुप आवाज उठाउने ।
२. महँगी नियन्त्रणका लागि तत्काल बजार अनुगमन जस्ता कार्यहरु गर्ने ।
३. शहर या गाउँको सफाइ र डम्पीङ्ग साइटको उचित व्यवस्थापन गर्ने, प्रत्येक सम्भावित स्थानको पानीको श्रोत सहितको पिउने पानीकोसुविधा, ढलको उचित प्रबन्ध, व्यवस्थापनको कार्य गर्ने ।
४. गाउँमा ओहोर दोहोर गर्ने बाटोको उचित प्रबन्ध, गाउँमा सवैलाई सहभागि गराई बाटो निर्माण तत्काल मर्मत सम्भार गर्ने व्यवस्था मिलाउने ।
५. गाउँमा पढ्ने उमेरका सवैलाई अनिवार्य शिक्षाको प्रबन्ध गर्ने ।
६. नगरमा÷गाउँमा बस्ने युवाहरुलाई उद्यमशिलताको विशेष शिप मूलक तालिमको व्यवस्था गर्ने, सूचना प्रबिधिहरुको ज्ञान उपलब्ध गराउने ।
७. महिलाहरुलाई उनिहरुको अधिकार बारे जानरकरी, उनिहरुको सामाजिक समस्या हेर्ने, बुझ्ने र समाधान गर्ने महिला समूह गठन गर्ने यसो गर्दा पुरुष र महिला बिचको सुमधुर सम्बन्ध र समान अधिकारको विशेष ख्याल गर्ने ।
८. नगर गाउमा भएका श्रोतहरुको पहिचान गरि त्यसमा गर्न सकिने अनुसन्धान आदिका बारेमा जानकारी राख्ने र सम्भव भए सम्म उपलब्ध श्रोतको आधारमा रोजगारी सृजना गर्न सकिने, उद्योगीरव्यवसायीलाई प्रोत्साहित गर्ने । व्यवसाय गर्न सजिलो वातावरण तयार परिदिने, करमा विशेष सहुलियत सहित आवश्यक छुट दिने ।कार्यालयबाट उपलब्ध हुन सक्ने सवै किसिमको सहयोग उपलब्ध गराउने ।
९. जनताबिचमा बस्ने, जनताको समस्या सुन्ने र पार्टीमा जनताको गुनासो र भावनाको जानकारी गराउने ।
१०. स्थानिय तहमा निर्वाचनमा सहभागी सवै साथीहरुलाई परिचालन गर्न छायाँ स्थानिय सरकारको अवधारणालाई अवलम्बन गर्ने निर्णय पार्टीले गर्नुपर्दछ ।


प्रकाशित मितिः भाद्र २३ सोमबार, १७:२७