काठमाडौंः युईएफए नेसन्स लिग फुटबलमा स्पेनले स्विटजरल्याण्डविरुद्ध कठिन जित निकालेको छ ।

शनिबार राति मड्रिडमा भएको खेलमा स्पेनले स्विटजरल्याण्डविरुद्ध १–० को कठिन जित निकालेको हो ।

स्पेनका लागि मिकेल ओयरजावालले निर्णायक गोल गरे ।

खेलको १४ औं मिनेटमा उनले गोल गरेका थिए । स्पेनका डेभिड डी गियाले घरेलु टोलीबाट क्लिन चिट पाए । उनी चेल्सीका गोलकिपर किपा इरिजाब्लागाको स्थानमा मैदान छिरेका थिए ।

उनले सुरुवातमै लोरिस बेनिटोको प्रहारलाई बचाउ गरेका थिए । गोलरक्षक यान सोम्मेरको गम्भीर गल्तीमा मिकेल मोरेनोले बल भेट्टाउदै दिएको पासमा ओयरजावालले गोल गर्न सफल भएका थिए ।


। त्यसपछि बाँकी समयमा दुवै टिमबाट गोल हुने नसकेपछि स्पेन विजयी भयो ।

जितसँगै स्पेन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले ३ खेलबाट ७ अंक जोडेको छ । पुछारको स्विटजरल्याण्डको १ अंक छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, ११:३५