स्पोर्ट्स अवार्डको ४ बिधाका खेलाडी र प्रशिक्षको नाम सार्वजनिकः सन्दिप तीन विधामा मनोनयन







काठमाडौंः युवा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् ।

बिहिवार राजधानीमा आयोजना हुने नेपाली खेलकुद क्षेत्रको सबै भन्दा प्रतिष्ठित ‘एनएसजेफ स्पोर्ट्स अवार्ड २०७४’ अन्तरगतका ४ बिधामा मनोनयनमा परेका खेलाडी एवं प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ । पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका छन् ।

उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र


बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की पनि मनोनयनमा परेका छन् ।

उत्कृष्ट महिला खेलाडीमा फुटबलबाट सावित्रा भण्डारी, बक्सिङमा विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, ब्याडमिन्टनबाट शोभा गौचन, र टेबलटेनिसबाट नविता श्रेष्ठ परेका छन् ।

उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर लामिछानेसँगै, दीपेन्द्र सिंह ऐरी, फुटबलबाट दिनेश हेम्जन, बक्सिकबाट पुनम रावल, जुडोबाट मनिता श्रेष्ठ प्रधान, मनोनयनमा परेका छन् ।

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबल प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ, क्रिकेट प्रशिक्षक जगत टमाटा, क्रिकेटबाटै बिनोद दास, ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ र  बक्सिङका प्रकाश थापामगर  परेका छन् ।




ताजा समाचार


विशेष समाचार