काठमाडौंः विश्वव्यापी महामारी कोरोनाको सुरक्षीत व्यवस्थापन र सांगठनिक निती अनुसार कुनै पनि खाले भ्रष्टचार, कालो बजारी, संगठित अपराध, क्रस बोडर क्राइम, लागुऔषध ओसारपसार, सामाजिक अपराध, घरेलु हिंसा, अवैध मदिरा, खुला सिमानामा हुने क्रस बोडर क्राइम, राजनैतिक आवरणमा गरिने अपराध, राजमार्ग सुरक्षा व्यवस्थापन र अपराधी विरुद्ध खरो सुरक्षा रणनीति अपनाई विशेषत अपराध र अपराधिक समुहलाई छोटो समयमा कानुनी दायरामा ल्याई आमनागरिकमा शुशासनको प्रत्याभुती दिलाउन सफल छन् एसपी अजय केसी ।

कुनै पनि खाले प्रेसर, आर्थिक प्रलोभन र राजनैतिक हस्तक्षेपलाई चुनौती दिने उनको स्वभाव छ ।


। छोटो समयमा जनताको मन र मस्तिस्क जित्न सफल छन् उनी ।

पश्चिम नवलपरासी क्षेत्र एउटा चुनौतीपूर्ण जिल्ला रहेका कारण यहाँ शुसासन दरो बनाउन आगामी दिनमा आफ्नो सकल प्रहरी जनशक्ति साधन र स्रोतको उच्चतम वैज्ञानिक प्रयोग गर्दै जस्तो सुकै विषम परिस्थितिलाई पनि सहज व्यवस्थापन गर्न र सकल प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै भर्खरमात्र नवनियुक्त संगठन प्रमुखले अंगिकार गरेका योजनाहरुलाई पूर्णरुपमा कार्यान्वयन गर्ने समेत अजय बताउँछन् ।

केसी ले भने ‘प्रलोभनमा पर्ने र अपराधीलाई उन्मुक्ति दिने मेरो डिक्सेनेरीको पानामा छैन । जो सुकै होस् अपराध गर्नेलाई म कानुनी दायरामा ल्याउनेछु । ’

नवलपरासी जिल्लामा हुने गुण्डागर्दी, विभिन्न प्रकारका तस्करी, संगठित अपराध, लागु औषधको कारोबारीमाथि विशेष निगरानी र अझ सशक्त कारवाही बढाइने उनले बताए । नागरिक र प्रहरीबीच सहकार्य गरेर अगाडि बढ्ने बताउँदै उनले आफू आर्थिक रुपमा पारदर्शी बन्ने र संगठनमा राम्रो गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए । उनले भने, ‘गलत काममा सोर्सफोर्स चल्दैन, अपराधीसँग सम्झौता हुँदैन ।’

करिब दुई महिनाको अवधिमा १५ लाख बराबरको अबैध माल बरामद सहित १३ जना लागू औषध विरुद्ध मुद्दा दर्ता गरेको उनले जानकारी दिए ।

पश्चिम् नवलपरासीका विभिन्न सरोकारवाला निकायसँगको छलफल र सम्वादको माध्यमबाट देखिएका सुरक्षा चुनौतीलाई चिर्दै  व्यवस्थापन गर्ने उनले बताए ।

एसपी केसिले जिल्लामा आएदेखि तिब्र रुपमा सिमावर्ती क्षेत्रमा निगरानी बढाएका छ्न् । तस्करहरु राजस्व छलेर तस्करी गर्ने माथि एसपी केसीले कडा एक्सन र निगरानी बढाएको बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामरीको कारण देश लकडाउनमा रहेको र हाल क्रमिक रुपमा लकडाउन खुकुलो हुदै गैरहेको अवस्थामा हुन सक्ने संभावित चोरी डकैती लगायतका बिभिन्न किसिमका अपराधहरुलाई मध्यनजर गर्दै सोको रोकथाम तथा नियन्त्रणका लागि प्रहरी जनशक्ति परिचालन गरी पिकेट, गस्ती, पट्रोलिङ, सरप्राईज चेकिङ लगायतका डियुटीहरुमा वृद्धि गरिएको समेत केसीले जानकारी दिए ।

एसपी केसीले आफनो जिल्ला मातहत रहेका युनिट इन्चार्जहरुलाई उच्च मनोबलका साथ काम गर्न र सिमा नाका तिर बिशेष निगरानी गर्न समेत निर्देशन दिएका छ्न् । एसपी केसीको निर्देशन पाए लगतै जिल्ला मातहत युनिट इन्चार्जहरु निकै सक्रिय रुपले काम गरिरहेको पाइन्छ । उनले भने, ‘सिमाका ४ मुख्य नाकामा नाइट भिजन सिसि क्यामेरा समेत जडान गरिएको छ ।’

उनी भन्छन् स्मार्ट (SMART) पुलिस २१औ सताब्धिको माग हो र स्मार्ट पुलिसिङको फिलोसफिलाई उनले अंगिकार गरेको देखिन्छ । यसै फिलोसफिमा आधारित निम्न सुरक्षा रणनीति अपनाएको भन्छन् अजय केसी ।

S – strict and sensitive
जस्तो सुकै विषम परिस्थिति आएपनि आफ्नो अडानमा अडिग भई उभ्भिने र कुनै पनि खालको राजनैतिक दबाब, आर्थिक प्रलोभनबाट प्रभावित नभई र सम्झौता नगरी काम गर्ने ।

कुनै पनि खाले अपराध र अपराधी भ्रष्टचार, कालोबजारी, गुण्डागर्दी जस्ता जगन्य अपराधको विरुद्ध सशक्त र कठोेर सुरक्षा रणनीति अपनाईने र कुनै पनि खाले सम्बेधनशीलताको विषयमा कसैसँग सम्झोता नगर्ने ।

M – Modern and mobile
बदलिदो परिस्थितिमा जनताको चाहाना अनुरुप आफ्नो कार्यशैलीलाई परिमार्जित गराई आफ्नो मातहतमा रहेका प्रहरीहरुलाई तैनाथ गराउने । आधुनिक सोचको साथ प्रहरी व्यवहार, आचरण र शिष्टतामा परिवर्तन गराई मोडर्न पुलिसिङको प्रत्याभुति दिने र स्ट्याटिक भन्दा डायनामिक पुलिसिङलाई जोड दिने ।

परिवर्तित अवस्था, समय र मानव अधिकारको पूर्ण संरक्षण, दण्डहिनताको अन्त्य, प्रहरीमा हुनु पर्ने राम्रो गुण, असल व्यवहार र शिष्टता र व्यवसायीक ज्ञानको उच्च प्रयोग गर्ने र गतिशिल र परिवर्तनशील प्रहरीको प्रत्याभूति गराउने ।

A – Alert and accountable
चौकन्न, फुर्तिलो, सजग, निर्भिक र विषम परिस्थितिमा पनि काम गर्न सक्ने सोचको प्रेरित गराउदै कठिन परिस्थितिलाई व्यवस्थापन गर्न सक्ने प्रहरीको कार्य देखाउने ।

R – Reliable and responsive
कुनै पनि खाले अपराध र अपराधीबाट आम नागरिकलाई भय त्रास, डर, धम्कि रहित समाजको सृजना गरी नेपाल प्रहरी एउटा भरोसायोेग्य संस्था हो भन्ने सोचको अनुभुति गराउने । जनमानसमा प्रहरी संगठनप्रति विश्वास गर्ने भावनाको विकास गर्ने र समाज र नागरिक प्रति पूर्ण उत्तरदायी भई काम गर्ने ।

T – Techno savvy and trained
सुचना प्रविधीको विकासको साथसाथै सुचना प्रविधीलाई अपराधीहरुले पनि आफ्नो अनुकुल प्रयोग गरी नौला नौला किसिमका अपराधहरु गरिरहेका छन् । जस्तै साइबर क्राइम । यस किसिमका अपराध र अपराधीलाई कानुनको दायरामा ल्याउन नेपाल प्रहरीसँग भएको मौजुदा दक्क्ष्य जनशक्ति, प्रविधियुक्त जनशक्ति, इन्टेलिजेन्स बेस्ड पुलिसिङ, साधन स्रोतको वैज्ञानिक प्रयोग गरि त्यस किसिमका अपराध र अपराधीलाई कानुनको दायरामा ल्याउने उनले बताएका छन् ।


प्रकाशित मितिः ३० असार २०७७, मंगलबार, १६:१८