काठमाडौंः प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेर स्मार्ट लाइसेन्सको पखाईमा रहेको सेवाग्राहीको समस्या समाधानका लागि यातायात व्यवस्था विभागले खरिद गरेको मास प्रिन्टरले अझैसम्म काम गर्न नसकेको समाचार आजको नागरिकले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, सरकारले कालोसूचीमा राख्नुपर्ने मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) लाई मास प्रिन्टर खरिदको ठेक्का सुम्पिँदा प्रिन्टरमा सरकार ठगिन पुगेको छ ।

स्मार्ट लाइसेन्स छपाइको काम अलपत्र पारेर सरकारलाई धोका दिने एमएसपीलाई नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र एमएसपीका स्थानीय एजेन्ट सुबोध त्रिपाठीको साँठगाँठमा मास प्रिन्टरखरिदको ठेक्का दिँदा गुणस्तरहीन उपकरण आयात गरिएको मन्त्रालयका उच्च अधिकारीहरुको भनाइ छ ।


एमएसपीले मास प्रिन्टर खरिदका लागि ठेक्का सम्झौता भएको ६० दिन अर्थात असार २९ गतेभित्र प्रिन्टर आपूर्ति गरिसक्नुपथ्र्याे तर एक महिना ढिला गरी ल्याइएको प्रिन्टर तीन महिना बितिसक्दा पनि प्रयोगमा आउन नसकेको हो ।


प्रकाशित मितिः बुधबार, कार्तिक २७, ०६:५८