काठमाडौंः स्याङजा र बाँकेबाट अवैध लागूऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङजाको पुतलीबजार नगरपालिका–१३ बिसौना बस्ने २५ वर्षीय ख्याम वहादुर विक लगायत ४ जनालाई करिब २ किलो अवैध लागूऔषध गाँजा सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

विकको घरमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उक्त गाँजा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट नियन्त्रित लागूऔषध २ सय ४० ट्याब्लेट नाइट्रोभ्याट सहित सोही उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


लागूऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय जमुनाह बाँकेबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, १७:००