स्याङ्जाः भीरकोट नगरपालिका–६ स्थित ईश्वर केसीको घरमा गए राति जुवा खेल्दै गरेका ६ जुवाडे पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा रु ३ लाख ५६ हजार ३०० र ताससहित उनीहरूलाई पक्राउ गरको हो ।

पक्राउ पर्नेमा भीरकोट नगरपालिका–६ का सुवास रेग्मी, ईश्वर केसी, डिलबहादुर गोदार, भीरकोट–१ का राजचन्द्र थापा, यामलाल श्रेष्ठ र पुतलीबजार नगरपालिका–११ का योजन केसी रहेका छन् ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २३, ०९:१०