स्याङ्जाः कालीगण्डकी गाउँपालिका–६ कोटघरमा बुधबार राति ट्याक्टरले किचेर परिचालकको मृत्यु भएको छ ।

जयपतेबाट कोटघरतर्फ ढुंगा लिएर जाँदै गरेको लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट परिचालक सोही ठाउँका २१ वर्षीय कुल बहादुर सिंजापति खसेका थिए । उनलाई सोही ट्याक्टरले किचेको थियो ।

पाल्पा स्थित मिसन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जयपतेले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, ११:२४