पर्साः वीरगञ्ज महानगरपालिका–८ माईस्थानचोकबाट आइतबार दिउँसो स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँ सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत रक्सौल पुर्वी चम्पारण–१० बस्ने ५० वर्षीय कृष्ण कुमार जैन रहेको प्रहरीले जनाएको छ ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गेरको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २४ सोमबार, १६:०७