बाराः सिम्रौनगढ नगरपालिका–७ झबानिबाट स्रोत नखुलेको नगद ३ लाख ५० हजार रुपैयाँ सहित एक भारतीय पक्राउ परेका छन् ।

भारत घर भएका २३ वर्षीय बिकास यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट पथलबाघाटबाट खटिएको प्रहरीले बिआर ०५ टि ९६०४ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकल चालक बिकासलाई स्रोत नखुलेको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २९ गते बिहीबार, १८:०७