काठमाडौं: बारा जितपुर सिमरा उपमहानगरपालिमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

वीरगंजको रजत जयन्ती चोकमा खटिएको प्रहरी टोलीले ना. ४ प १७७३ नम्बरको मोटरसाइकलमा सवार नगनारायण महतो कोईरीलाई पक्राउ गरेको जनाएको छ ।

उनीसँग भारतीय रूपैयाँ ५ सय र २ हजार दरका गरी १२ लाख ७ हजार ५ सय स्रोत नखुलेको रकम भएकोले पक्राउ गरिएको बताइएको छ ।

मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।