काठमाडौँ: प्रहरीले हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित उनीहरुलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ३ जनालाई पक्राउ गरी १८ लाख अवैध नेपाली रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुले अवैध रुपमा हुण्डी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका १६ रजतजयन्ती चोकबाट तीन वटा भारतीय मोटरसाइकलमा नेपाल आउँदै गरेका भारतीय नागरिक सुधीरकुमार, सहिद आलम र बिक्कीकुमार पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।


प्रकाशित मितिः कार्तिक २२, शुक्रवार, १४:३८