बाराः स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँ सहित कलैया उपमहानगरपालिका–८ बरेवा टोलस्थित कलैया–मटिअर्वा सडकबाट दुई भारतीयलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार बस्नेहरु ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त ठाउँमा बि आर ०५ के ०७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा चालक चन्द्र शेखर र मोटरसाइकलमा आएका संजयको साथमा तथा मोटरसाइकलको डिक्कीमा समेत लुकाई राखेको अवस्थामा १ हजार दरको १ हजार ७ सय ७२ थान र ५ सय दरको १ हजार ५ सय २६ थान गरी उक्त रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १३ गते बिहिबार, १९:४४