काठमाडौंः स्रोत नखुलेको लाखौ रकमसहित एक युवा पक्राउ परेका छन् ।

प्रहरीले स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट रकमसहित वृजकिशोरलाई नियन्त्रणमा लिएको हो ।

बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्त्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको थियो ।


उनलाई पक्राउ गरी बरामद नगद रूपैया सहित आवश्यक छानबिन एवं कारवाहीको लागी सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको बताइएको छ ।

 


प्रकाशित मितिः बुधबार, जेठ २९, १५:४४