काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सका कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीलाई ठुलो रकम जरिवाना लागेको छ ।

शनिबार राती सम्पन्न दिल्ली क्यापिटल्ससँगको खेलमा ‘स्लो ओभर रेट’को कारण धोनीलाई १२ लाख भारु अर्थात १९ लाख २० हजार रुपैयाँ जरिवाना लागेको हो । आइपिएलको नियम अनुसार २० ओभरमा ९० मिनेटमा सक्नुपर्ने हुन्छ ।

उक्त खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको थियो ।

चेन्नईले आफ्नो दोस्रो खेल १६ अप्रिलमा पन्जाब किंग्ससँग खेल्ने छ ।


प्रकाशित मितिः २०७७ साल चैत २९ गते आइतबार, १४:०४