काठमाडौंः सिंगापुर र ओमानमा भएका सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फिर्ता भएको छ ।

सिंगापुर र ओमानमा भएका सिरिज खेलेर नेपाली टिम आज बिहान स्वदेश फिर्ता भएको हो ।

टिमलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरेका थिए ।

सिंगापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाली टोली सिंगापुरबाट ओमान गएका थिए । ओमानमा पाँच देश सहभागी अर्को सिरिज पनि खेलेको थियो ।

मंसिरमा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका रुपमा पनि यो प्रतियोगितालाई लिइएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २४, १२:०६