काठमाडौंः नेपाली सुगम संगीतका एक सफल गायक स्वरुपराज आचार्यको आवाजमा रहेको ‘एक तर्फि माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा डि आर राईको शब्द तथा रत्न बहादुर खड्गीको संगीत रहेको छ ।

भिडियोमा महेश कुमारको छायांकन, कृष्ण पाण्डेको सम्पादन तथा करण साउदको निर्देशन रहेको छ ।

गीतको भिडियोमा लोकराज ओझा र सिन्धु वलीको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १९:०४