काठमाडौंः चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत ‘बिहानी को झुल्के घाम झैँ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीत रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् ।

भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय रहेको छ । गीतलाई सुल्तान यीधिङ्गोले छायांकन निर्देशन र सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक १८ मंगलबार, १६:५७