काठमाडौंः गुठी विधेयकको चर्चासँगै पुरानो र धेरे जग्गा भएको स्वर्गद्वारी आश्रमको गुठीको चर्चा सुरु भएको छ । निजि गुठीलाई राजगुठीमा ल्याउने सरकारले प्रयास गर्दा स्वर्गद्वारी आश्रम झस्किएको छ भने केही मोहीहरु हौसिएका छन् । निजि गुठीलाई राजगुठीमा ल्याउने सरकारको प्रयासलाई सर्वोच्च अदालतले विफल बनाइदिएको थियो । राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी विधेयकले स्वर्गद्वारी समाप्त गर्नै भन्दै सरोकारवालाहरुले आपत्ति जनाइरहेका बेला सत्तारुढ दलका सांसद मेटमणि चौधरीले जसरी पनि स्वर्गद्वारीको गुठीको जग्गा मोहीलाई बाँडिने बताएका छन् ।

स्वर्गद्वारी आश्रमका सचिव डा. ध्रुवश्रीले गुठी विधेयकका ४, ९, २३, २४, ५३, ५६ , ५९, ६०, ६४, र ९३ दफा नितान्त स्वर्गद्वारी आश्रमको जग्गालाई नै लक्षित गरेर आएको आरोप लगाएका छन् ।


। उनले नेपाल सरकारका केही गलत नियत राखेका अधिकारीहरुलाई भुमाफियाहरुले प्रभावमा पारेको समेत बताएका छन् ।

उता नेकपाका नेता तथा प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीले भने गुठी बनाउने समयमा नै त्यहाँका समुदायलाई गुमराहमा राखेर बनाइएको र अब कुनैपनि हालतमा त्यो मोहीहरुको हातमा जाने बताएका छन् । उनले त्यत्रो जग्गा कुनैपनि हालतमा एउटा जोगीले किन्न नसक्ने समेत बताएका छन् ।

स्वर्गद्वारी आश्रमका सचिव डा. ध्रुवश्रीले भने नेपालमा पछिल्लो समय विकृतिको रुपमा मौलाएको धर्मान्तरण नै समस्याको मुख्य जड भएको बताएका छन् । सांसद चौधरीले लमहीमा देउखुरी प्रार्थना मण्डली नामको चर्च बनाउन रु.दश लाख सांसद विकाश कोषबाट छुट्याएको आरोप लगाएका छन् ।

सांसद चौधरीले भने राप्ती गाउँपालिका वडा नं. ७ मा जय गुरुदेव बाबा मन्दिर निर्माणमा आफुले विकास कोषबाट २५ लाख दिएको बताएका छन् । उनले आफुले गरेका अरु कार्यमा कुनै मतलव नराखी जताततै चर्च बनाउने कुराको मात्र हल्ला गरिएको भन्दै दुखेसो पोखेका छन् । प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीको जग्गामा भूमाफियाको रजाइँ छ । राजनीतिक द्वन्द्वले स्वर्गद्वारीलाई नराम्रोसँग हस्तक्षेप गरिरहेको छ । जबरजस्ती गर्ने र मोही बनेर कुत नबुझाउनेहरु नेता बनेर निस्किएको स्पष्ट देखिएको छ । एक हजार बिघाभन्दा धेरै जग्गा भूमाफियाको कब्जामा छ ।

मोहीहरुबाट अनावश्यक विभिन्न माग राखी राजनीतिक पार्टीको आवरणमा बर्षौदेखि कुत तिर्न इन्कार भएको छ । करिब तीनसय कर्मचारीहरुको तलब , ८०० गाईहरुको भरण पोषण, ३०० विद्यार्थीहरुको लत्ता कपडा भरण पोषणको व्यवस्थापन गरेको स्वर्गद्वारी आश्रमको सबै सम्पत्ति अरुको कब्जामा छ । एउटा साधु बालतपस्वीले भिक्षा मागेर गौसेवा खातिर गरेको महायज्ञको सम्पतिको स्वामित्वको विषयमा कम्युनिष्ट सरकार र साधुको लडाई कति लम्बिने हो, त्यो हेर्न बाँकी नै छ ।

भिडियो-


प्रकाशित मितिः शुक्रबार, भदौ ६, २०:२५