काठमाडौंः राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि आज नेपाल ल्याइँदैछ ।

नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उनलाई आज स्वदेश ल्याउन लागिएको जानकारी दिइएको छ।

राष्ट्रकवि शनिबार बिहान १०ः४० बजे नेपाली वायु सेवा निगमको जहाजबाट स्वदेश फिर्ता हुने बताइएको छ। राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि यहीजेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट क्याबिनमा सारिएको थियो ।

नयाँदिल्ली जानुअघि उनको वैशाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो ।