काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरी नमुना परीक्षण गरिएको मध्ये ४ जनामा कोरोना पुष्टि भएको हो ।

स्रोतको अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।


प्रकाशित मितिः आइतबार, साउन २५, २०७७, १७:००