विश्वकप फुटबलको आजको स्वीट्जरल्यान्ड र स्वीडेनबीच भएको खेलमा स्वीडेन १-० ले विजयी भएको छ।

६६ औं मिनेटमा स्विडेनका स्ट्राइकर एमिल फोर्ब्सबर्गले सो विजयी गोल गरेका थिए। पहिलो हाफसम्म भने दुवै टिम गोलरहित बराबरीमा खेलेका थिए ।

स्वीडेन समूह एच को विजेता टिम हो । स्वीडेनले आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा जर्मनीसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।