रूसः  रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा गय राती राती भएको खेलमा जर्मीनीले स्वीडेनमाथी २-१ गोलले जित निकालेको छ ।

खेलको पहिलो हाफको ३२ औँ मिनेटमा स्वीडेनका खेलाडी ओला टोइभोनेनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएपनि दोस्रो हाफमा जर्मनीले जवाफी गोल फर्काएको थियो ।

दोस्रो हाफको ४८ औँ मिनेटमा जर्मनीका खेलाडी मार्को रेउसले गोल गर्दै बराबरीमा पुर्याए अतिरिक्त समयको सदुपोग जर्मनीले स्वीडेनमाथि थप एक गोल गर्दै २-१ को जित निकालेको हो । अतिरिक्त समयको पाचौँ मिनेटमा गरेको गोल सगै समूहचरणबाटै बाहिरिने खतरा टार्दै नकआउट चरणमा पुग्ने बलियो आधार तय गरेको छ ।


त्यस्तै विश्वकप फुटबल अन्तर्गत आइतबार (आज) ३ खेलहरू हुँदैछन् समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने निज्नी नोभागोरोड रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट पहिलो खेल समूह जी मा रहेका इङ्ल्याण्ड र पानामाबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गर्दा पानामा बेल्जियमसँग ३–० ले हारेको थियो। अघिल्लो चरण प्रवेश गर्न पानामालाई यो खेल जित्नैपर्ने दबाब छ।

दोस्रो खेल बेलुका ८ः४५ बजे इकाटेरिनबर्ग एरिना रंगशालामा समुह एचका जापान र सेनेगल विच हुनेछ । जापानले पहिलो खेलमा कोलसिम्बयालाई २–१ र सेनेगलले पनि पोल्याण्डलाई २–१ ले नै पराजित गरेका थिए।

अन्तिम खेल राती ११ः४५ बजे निज्नी नोभगोरोड रंगशालामा पोल्याण्ड र कोलम्बिया बिच खेल हुनेछ। अघिल्लो चरणको यात्रा तय गर्न दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ।