काठमाडौंः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले राष्ट्रपति सी जिनपिङ, चीन र हङकङका जनताको सम्मान गरेको बताउँदै यस विधेयकमाथि हस्ताक्षर गरेका हुन् ।

अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ ।

हङकङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङकङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ ।

तर त्यो कानुनले बेइजिङलाई क्रुद्ध बनाउनेछ । चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइसकेका छन् ।



प्रकाशित मितिः बिहीबार, मंसिर १२, १०:२२