काठमाडौंः सिन्डिकेटको पक्षमा हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् ।

सिन्डिकेटको पक्षमा आन्दोलनमा उत्रिएपछि पक्राउ परेका अध्यक्ष कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, महासचिव सरोज सिटौला, उपमहासचिव बसन्त भण्डारी, प्रदेश ३ का संयोजक धर्मराज धिमाललगायत ६ जना आइतबार रिहा गरिएको हो । उनीहरुलाई सरकारी टोलीसाग वार्तामा बस्ने सर्तमा छाडिएको हो ।

व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन इन्कार गरे पनि प्रहरीले देशभरीका अन्य यातायात व्यवसायीलाई जस्तै उनीहरुलाई पनि लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेपछि मात्र रिहा गरेको हो ।


सरकारले सिन्डिकेटविरुद्ध लिएको निर्णयपछि उब्जिएको समस्या समाधानका लागि अहिले मन्त्रीसहित यातायात व्यवसायीहरु वार्तामा बस्ने तयारीमा छन् ।