मकवानपुरः जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा हराएका विभिन्न व्यक्तिहरुका २२ थान मोबाइल फेला पारी आज सम्बन्धित धनीलाई बुझाएको छ ।

मोबाइल हराएको भनि पीडितबाट प्राप्त निवेदनको आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा करिब ४ लाख ४० हजार मूल्य बराबरका बिभिन्न कम्पनी (SAMSUNG, GIONEE, OPPO, MI, VIVO, HUAWEI) का मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २४ गते सोमबार, १९:०९