काठमाडौंः सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी वल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) विस्तार गरिँदै आए पनि सीमास्तम्भ हराउने काम नरोकिएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ  ।

समाचारमा लेखिएको छ, गृह मन्त्रालयका अनुसार ८ हजार ५ सय ५३ वटा सीमास्तम्भ हुनु पर्नेमा २ हजार ७ सय १६ स्तम्भ गायव छन् ।

नेपाल–भारत खुला सीमा जोडिएको स्थानमा ४ सय ५७ वटा सीमा स्तम्भ मात्र राम्रो अवस्थामा रहेका गृहले जनाएको छ । १ हजार ५ सय ५६ वटा सीमास्तम्भ धेरै क्षतिग्रस्त र २ हजार ८ सय ९१ सामान्य क्षतिग्रस्त छन् । हराएपछि बनाउने भनिएका ४ सय ३७ वटा सीमास्तम्भको काम भएकै छैन भने ४ सय ९६ वटा निरीक्षण गरिएको छैन ।


ताप्लेजुङ, पाँचथर, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुलामा स्तम्भ निरीक्षण नगरिएको हो ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ०६:४१