काठमाडौं: गत जेठ २ गतेबाट हराईरहेका १५ वर्षिया बालक राई भेटिएका छन् । ललितपुरको हरिसिद्धि पानीट्याङ्कीबाट गत जेठ २ गतेदेखि हराईरहेका १५ वर्षिया बालक  १० दिनपछि गोदावरीको फुलचोकी जंगलमा भेटिएका हुन्। बाडेगाउँ प्रहरी चौकीबाट खटिएका प्रहरीले उनलाई भेटाएका हुन् ।

अहिले राईलाई गोदावरीस्थीत मिडसिटी अस्पतालमा भर्ना गरिएको छ । उनका परिवारले दिएका जानकारी अनुसार उनी बोल्न सक्ने अवस्थामा छैनन् । उनको स्वस्थ्य अवस्थाको बारेमा डाक्टरी रिपोर्टहरु आउन बाँकी नै रहेको जानकारी गराईएको छ ।

सानै उमेरदेखि दोहोरो कुरा गर्न नसक्ने, सबैसँग नबोल्ने लगाएतका समस्याले पिडित राई आफ्नो बुबा शर्बधन राईसँग गत जेठ १ गतेमात्र उपचारको लागि काठमाडौं आईपुगेका थिए ।


। जेठ २ गते खाना खाएर अस्पताल जानको लागि तयारी गर्दै गर्दा उनी ललितपुरको हरिसिद्धि पानीट्याङ्कीबाट एक्कासी गायब भएका थिए ।