काठमाडौंः खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ मा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

मृत्यु हुनमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–४ बस्ने १७ वर्षीय अनिल तामाङ रहेका छन् ।

हलेसीबाट सप्तरीतर्फ आउँदै गरेको बा ३ ख ९२८५ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारको लागि उदयपुरको कटारीतर्फ पठाइएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ११ गते शनिबार, १८:१५