काठमाडौंः अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ ।

आज बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले कारोना भाइरसको संक्रमण रोक्नका लागि आन्तरिक तथा बाह्य उडान जेठ २ गतेसम्म स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमा रोक लगाइएको थियो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार आज बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले आन्तरिक उडान मात्रै रोकेको छैन, विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन प्रतिबन्ध लगाएको छ । तर, विदेशी एयरलाइन्सहरुले नेपालबाट यात्रु लिएर जान खाली विमान पठाउन सक्छन् ।



प्रकाशित मितिः शनिबार, वैशाख १३, १६:२२