काठमाडौं:  हवाई इन्धनको मुल्य बढेसंगै निजि वायुसेवा संचालकहरुले आन्तरिक हवाई भाडा मंगलबारदेखि लागू हुने गरि बढाउने निर्णय  गरेका छन।  इन्धनको मुल्यमा ४ रुपैयाँ तलमाथि हुँदा हवाई भाडामा लाग्ने इन्धन शुल्क वृद्धि गर्ने व्यवस्था अनुसार वायुसेवा संचालकहरुको संघले मंगलबारदेखि  हवाई भाडा बढाउन नागरिक उड्डयन प्राधिकरणमा गरेको प्रस्ताब स्वीकृत भएको छ। यससंगै मंगलबारदेखि हवाई भाडा बढ्ने भएको छ।

मंगलबारदेखि कार्यान्वयन हुनगरी २२० रुपैयाँसम्मको भाडा बढाउन प्रस्ताव गरिएको छ। निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ र अन्तराष्टियतर्फ प्रति केएल ७५ डलरले मुल्य बढाएको थियो।


कहाँको भाडा कति ?