भोजपुरः षडानन्द नगरपालिका–२ ताबुस्थित रहको टहरोमा बेवारीसे अवस्थामा प्रहरीले हातहतियार तथा बिष्फोटक पदार्थ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उक्त स्थानबाट कटुवा पेस्तोल १ थान, सकेट बम १ थान, डेटोनेटर २ थान, तारहरु तथा विभिन्न दस्तावेजहरु बिहीबार दिउँसो बरामद गरेको हो ।

प्रहरीले उक्त स्थानमा पुगि बाँदर रुङने टहरोमा शंका लागि चेक गर्दा बेवारीसे अवस्थामा रहेको झोला फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला परेको हो । साथै प्रहरीले उक्त सकेट बम डिष्पोजको लागि नेपाली सेनासँग आवश्यक समन्वय गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, २१:४८