जीवन साथी भयो अनि घर भयो
तिमीलाई त जिन्दगी अवसर भयो

बिछोडले यती सम्म परिवर्तन हुने रैछ
हिजोको गुलाब फूल आज पत्थर भयो

दुनियाँलाई मेरो मुटु भन्दै चिनाउँदै
हात समाउँदै हिड्ने मात्र रहर भयो

थाहा छैन तिमीलाई याद आयो आएन
मलाई तिम्रो सम्झना निरन्तर भयो

अब त पलपल सम्झनामा नआए हुन्थ्यो
पराईलाई सम्झीरहनु पनि डर भयो

-प्रकाश प्रयास