काठमाडौं : माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले वैशाख ३१ को चुनाव परिवर्तनविरोधीलाई निस्तेज पार्ने ब्रम्हास्त्र रहेको बताएकी छिन्।
नेपाल तारासँग कुराकानी गर्दै भुसालले भनिन्, ‘ वैशाख ३१ को चुनाव एउटा ब्रम्हास्त्र हो, जसले परिवर्तनविरोधीलाई निस्तेज पार्नेछ । संघीयतालाई सफल र संस्थागत गर्नेछ ।’
भुसालले कांग्र्रेस र माओवादी केन्द्रबीचको सहकार्य मुलुकको निकास र आर्थिक विकासका लागि अपरिहार्य रहेको बताएकी छिन् । उनले भनिन्, अहिलेको स्थानीय चुनाव मात्र होइन, प्रान्त र संसदीय चुनावमा पनि हाम्रो तालमेल हुन्छ । यो सहकार्य चुनावमा मात्र होइन, मुलुकको समृद्धि र राजनीतिका निकासका लागि हामीबीच लामो सहकार्य हुन्छ ।
। यसमा अरुले दुःख मान्नुपर्ने वा निराश हुनुपर्ने कारण छैन ।
उनले हिजो कांग्रेस र माओवादी मिलेर नै शान्ति प्रक्रिया सफल भएको उल्लेख गर्दै भनिन्, हिजो शान्ति प्रक्रियाका मुख्य हिस्सेदार पनि कांग्रेस र माओवादी हुन् । कांग्रेस रमाओवादी मिलेर नै संविधान आएको हो । अब संविधानको कार्यान्वयन पनि हामी मिलेर गर्दैछौं । यी दुवै शक्ति मिल्दा अहिले धेरै तिलमिलाएका छन् । खासगरी परिवर्तनविरोधीहरु यतिबेला बेचैन भएका छन् ।
कांग्रेस र माओवादी केन्द्रबीचको सहकार्यबाट संविधान कार्यान्वयन भएर परिवर्तन संस्थागत हुने र मुलुकको राजनीति नै लिकमा आउने उनले बताइन् । उनको प्रश्न थियो, कांग्रेस र माओवादी मिल्दा एमाले किन यति आत्तिएको छ ? हामी मिल्दा केपी ओलीजीलाई किन टाउको दुःखेको ? यो छटपटी मैले बुझ्न सकेकी छैन ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook