नयाँ दिल्ली: बलिउडमा लगातार हिट फिल्म ल्याएका निर्देशक राजकुमार हिरानीले मुन्नाभाईको तेस्रो पार्ट पनि बनाउने संकेत गरेका छन्। भारतमा निकै नै चर्चित बलिउड निर्देशक राजकुमार हिरानीले आउटलुकलाई एक अन्तर्वार्ता दिने क्रममा ‘हामी ‘मुन्नाभाई’ को तेस्रो पार्ट गर्न चाहन्छौं र स्क्रिप्ट लेखिरहेका पनि थियौं तर स्क्रिप्ट पहिलो दुई भागसँग मिलिरहेको थिएन । अब मलाई केही मिलेको छ तर त्यसलाई लेख्न बाँकी छ ।’ भन्दै मुन्नाभाइको तेस्रो पार्ट ल्याउने बारे मुख खोलेका हुन् ।

दुई सिरिजका सह-लेखक अभिजात जोशीले पीटीआईलाई एक अन्तर्वार्ता दिँदै भनेका छन्, ‘सबैभन्दा मुश्किल त्यसलाई म्याच गर्नु हो, जुन हामीले ‘लगे रहो मुन्नाभाई’ मा गरेका थियौं ।


। हामी केही यस्तोको खोजीमा छौं, जसले ‘लगे रहो मुन्नाभाई’ को स्ट्यान्डर्डको म्याच गर्न सकोस । हामीसँग एक आइडिया छ । यो एकदम नयाँ छ ।

सञ्जय दत्त ‘मुन्नाभाई’ को पार्ट ३ बाट बलिउडमा कमब्याक गर्न चाहन्थे तर राजकुमार हिरानीले पहिला उनको बायोपिक ‘सञ्जू’ बनाए । ‘सञ्जु’ मा रणबीर कपूरको लुक्स सञ्जयसँग एकदम मिल्दोजुल्दो छ ।

राजकुमार हिरानी थ्री इदियट, पि.के. , मुन्नाभाई, लगे रहो मुन्नाभाई, सन्जु जस्ता सुपर हिट फिल्मका निर्देशक हुन् ।