काठमाडौंः हालै राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो आयोजित कार्यक्रमका बीच पूर्वमन्त्री थापा कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताले स्वागत गरेका हुन् ।

राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापा छोरा सुनिल थापाले कार्यकर्तासहित राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका हुन् । कार्यकर्तासहित राप्रपा छोडेर आएका थापालाई कांग्रेसको सहमहामन्त्री बनाउने सहमति भएको छ ।

थापासहित ३१ नेताले शनिबार संयुक्त रुपमा राप्रपामा राजीनामा दिएका थिए ।


पार्टी प्रवेश गरेपछि उनले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टीमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताएका छन् ।

अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताए ।


प्रकाशित मितिः मंगलबार, साउन १३, २०७७, १८:३८